बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख २१ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७० वर्षीय व्यक्तिलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०७८ वैशाख १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर थापाले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा वैशाख १८ गते गरिएको डाक्टर राजिव शाहले जानकारी दिनुभयो ।


मानदत्त रावल