बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख २१ गते

२१ वर्षीया महिलालाई ६५ वर्षीय नातेदारले बलात्कार गरेको आरोपमा वैशाख २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७७ भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७८ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १६ गते चरिकोट अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जन कोईरालाले बताए ।


उद्धव पोखरेल