बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ९ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगंज महानगरपालिका–२४ का ३६ वर्षीय प्रमोद सर्राफलाई वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ६ गते दिउँसो बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको पीडितको बाबुले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बीरगंजको नारायणी अस्पतालमा वैशाख ६ गते नै गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।


कृष्णचन्द्र लामिछाने