बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ९ गते

१२ वर्षीया बालिकालाई ०७७ चैत २८ गते बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिका–६ का १९ वर्षीय सन्तोष ढुङ्गेललाई प्रहरीले ०८७ वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले आरोपित ढुङ्गेल विरुद्ध वैशाख ७ गेत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

बलात्कारपछि आरोपितले कसैलाई नभन्न अपाङ्गता भएकी पीडित बालिकालाई धम्की दिएकोले घटना ढिलो गरी सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ वैशाख ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरियो ।


नवराज घिमिरे