बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ६ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–७ लिमिठानाका ५८ वर्षीय दुर्गाराज पाण्डेलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख २ गते घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा वैशाख ३ गते मौखिक उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा घटनापछि फरार रहेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएका प्रहरी टोलीले वैशाख ५ गते लमायखोला भन्ने स्थानबाट लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते जिल्ला अस्पताल पर्वतमा भयो ।


सन्तोष थापा