बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ६ गते

अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई ०७७ चैत २२ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–३ का २२ वर्षीय मुकेश सदालाई वैशाख ४ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार आरोपित सदाविरूद्ध वैशाख ५ गते उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर वीरेन्द्र पासवानले जानकारी दिनु भयो ।

पीडित बालिकाकी आमाले आरोपितविरुद्ध वैशाख ३ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख ४ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल