बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ३० गते

५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै आरोपित लामाविरुद्ध पीडितका आफन्तले चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २९ गते धुलिखेल अस्पतालमा गरियो ।


हिरामान तामाङ