बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ३० गते

५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ ।

सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा एक्लै बसिरहेको अवस्थामा डर, धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितका आफन्तले ०७७ चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर श्रीशंकर श्रेष्ठले जानकारी दिनु भयो ।

आरोपित तामाङलाई प्रहरी चौकी गुन्सेले गिरफ्तार गरेको र जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याई अनुसन्धान सुरु गरिएको पनि इन्सपेक्टर श्रेष्ठले बताउनुभयो ।

पीडित र आरोपित दुवै जनाको स्वास्थ्य परीक्षण चैत २८ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


नवराज घिमिरे