बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत १२

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, महालक्ष्मी नगरपालिका–१ स्थायी घर भई लालीगुराँस नगरपालिका–२ का बस्दै आएका ३२ वर्षीय श्याम गुरुङलाई चैत १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १० गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानप्रसाद श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ११ गते गरिएको छ ।


भगिश्वर लिम्बू