बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ९ गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ सखडाका २४ वर्षीय सानुकुमार चौधरीलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित प्रभु बैङ्कको कार्यालयमा फागुन २१ गते बोलाई कोठा थुनेर बलात्कार गरेको र टाउको फुटाई रक्ताम्य पारी कुटेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय, सप्तरीमा चैत ६ गते उजुरी दिएकी थिइन् । आरोपित चौधरी प्रभु बैङ्क, तिलाठीमा कार्यरत रहेको पीडितले बताएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत ६ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

विवाह गर्न अस्वीकार गर्दा झुठा उजुरी दिएको आरोपित चौधरीको भनाइ छ ।


मनोहरकुमार पोखरेल