बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अरुण गाउँपालिका-६ का ५४ वर्षीय वीरबल राईलाई फागुन २५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारामा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २१ गते गरिएको छ ।
गणेश विष्ट
सम्बन्धित समाचारहरू
भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार
जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय रेशमबहादुर खड्काको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यू भएको…
वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४०…
हत्या घटनाका आरोपित गिरफ्तार
खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले जेठ ८ गते नौ जनालाई गिरफ्तार गरेको छ । हत्याको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी…
पतिको खुकुरी प्रहारबाट पत्नी घाइते
धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन गरेका आरोपितले जेठ ८ बिहान…