बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन २५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा जिल्ला धनगढी नगरपालिका–४ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका बस्ने २७ वर्षीय दुर्गानन्द चौधरीलाई प्रहरीले फागुन २४ गते गिरफ्तार गरेको छ ।

आरोपित चौधरीले बिभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै उदयपुर जिल्लाको गाईघाटदेखि कौशल्टारस्थित कोठामा ल्याएर फागुन ११ गतेदेखि १४ गतेसम्म पटक/पटक बलात्कार गरेको आरोपमा पीडित बालिकाले फागुन २१ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिनु भएको थियो ।

पीडित बालिकाको उजुरीको आधारमा प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण फागुन २१ गते काठमाडौँ मेडिकल कलेज दुवाकोटमा गरिएको छ ।


रमेश गिरी