बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन १७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाइएको डिएसपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली