बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १९ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ १६ गते भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तजलेलाई गिरफ्तार गरेको छ ।

सर्लाही जिल्ला लालबन्दी नगरपालिका घरभई अध्ययनका लागि भक्तपुर डेरा गरी बस्ने पीडितले आफ्नै कोठामा डरधम्की दिई माघ १४ गते बलात्कार गरेको आरोपमा विकासविरुद्ध माघ १६ गते महानगरीय प्रहरी वृत्त जगातीमा किटानी उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण माघ १६ गते काठमाडौं मेडिकल कलेज दुवाकोटमा गरिएको छ । आरोपितलाई प्रहरीले माघ १८ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान अगाडि बढाएको डिएसपी गिरीले जानकारी दिनुभयो ।


रमेश गिरी