बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस १२ गते

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–५, भारदेउका ६५ वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०७७ मङ्सिर २४ गते डरत्रास देखाई बलात्कार गरेको भन्दै आरोपित तामाङविरुद्ध पीडितका आफन्तले पुस १० गते महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएका थिए ।

आरोपितलाई पुस १२ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी बृत्त चापागाउँका प्रमुख एवम् डिएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १२ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनु भयो ।


दीपकप्रसाद घिमिरे