बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई असार २७ गते दिउँसो गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितत्रयले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असार २७ गते प्रहरीमा उजुरी दिएपछि सोही उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रराज जोशीले बताए ।

आरोपितहरूले पीडित महिलासँग रहेको २५ हजार भरतीय रुपियाँ समेत लुटेको डिएसपी जोशीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार २७ गते नै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको छ ।


के.सी. लामिछान