बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुज्जफरपुर घर भइ हाल सर्लाहीस्थित ससुराली घरमा बस्दै आएका ३५ वर्षीय बाबुलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय हरिपुरमा निवेदन दिएको पीडितकी आमाले बताइन् ।
बालिकालाई आरोपितले पछिल्लो पटक मङ्सिर १२ गते बलात्कार गरेको भन्दै उजुरी परेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर विक्रम साहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थय परीक्षण जिल्ला अस्पताल मलङ्गवामा मङ्सिर १४ गते गरिएको छ ।
बुधन साह
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…