बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर १६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ र १७ वर्षीय बालकलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले मङ्सिर १४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली