बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ८ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको हो ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत मनिष थापाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।


सन्तोष थापा