बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका –२ छिनामुखका २१ वर्षीय  सञ्जोग राईलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २७ गते गरिएको छ ।


गणेश विष्ट