बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाउँपालिका–६ का २७ वर्षीय नरेश मगरलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतलामा कात्तिक २७ गते गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा बालिकामा पाँच महिनाको गर्भ रहेको रिपोर्ट आएको इन्स्पेक्टर दर्नालले बताउनु भयो ।


भोजराज कार्की