बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्ला घर भई चौतारा साँगाचोकगढी नगरपालिका–११ बन्देउमा मजदुरी गरी बस्ने २६ वर्षीय सुदन राना मगरलाई ०७७ कात्तिक १८ गते सिम्ले बजारबाट प्रहरीले गिरफ्तार गरेको वडा सदस्य चित्रराज गिरीले बताउनु भयो ।

मगरले कात्तिक १६ गते घर नजिक रहेको डुम्रे चौरमा बलात्कार गरेको आरोपमा पीडितले ०७७ कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते नै चौतारा अस्पतालमा गरिएको छ ।


नातिबावु धिताल