बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असार २० गते

३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार १७ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राम ढकालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १९ गते जिल्ला अस्पतालमा भएको थियो ।


भगिश्वर लिम्बू