बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केपीलासगढी गाउँपालिका-४ स्थित बाक्सिलाका ४७ वर्षीय देउकुमार राईलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर किरण गुरूङले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


सुनिता मगर