बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक ५ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले यशोधरा गाउँपालिका–२ का १८ वर्षीय नासिर अलि मुसलमानलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ साउन ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले ०७६ साउन १० गते  जिल्ला प्रहरी कार्यालय तौलिहवामा उजुरी दिएका थिए ।

उजुरीको आधारमा आरोपि विरुद्ध साउन १२ गते मुद्दा दर्ता गरी भएपनि आरोपित फरार रहेका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ साउन १० गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको थियो  ।


पार्वती आचार्य