बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाउँपालिका–५ का २१ वर्षीय पतिलाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ फागुन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितलाई कुटपिट गर्नुका साथै बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपछि आरोपित फरार भएका थिए ।

आरोपित लकडाउनका समयमा घर आएको सूचनाका आधारमा आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७६ फागुन १४ गते गरिएको छ ।


भोजराज कार्की