बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा,कर्जनहा नगरपालिका–७ मिर्चैयाका २६ वर्षीय प्रेमनाथ ठाकुरलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ७ गतेदेखि १४ गतेसम्म डेरामा बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई असोज १४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले सल्लेरीमा शैलुन व्यवसाय सञ्चालन गर्दै आएको इन्स्पेक्टर दर्नालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १४ गते गरिएको छ ।


भोजराज कार्की