बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा,चैनपुर नगरपालिका–१ स्थायी घर भई ताप्लेजुङ,आठराई त्रिवेणी गाँउपालिका–१ मा बस्दै आएका ३१ वर्षीय दावा शेर्पालाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २० गते खुकुरी देखाएर ज्यान मार्ने धम्की दिई बलात्कार गरेको आरोपमा पीडितका ४२ वर्षीय काकाले आरोपितविरूद्ध असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २१ गते गरिएको छ ।


देवराज गुरुङ