बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई ०७७ वैशाख महिनादेखि पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–९ का २८ वर्षीय पुरुषलाई असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडितले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी असोज ११ गते जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नरायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

एक वर्षदेखि पति रोजगारीको सिलसिलामा भारतमा रहुन भएको अवस्थामा आफूमाथि पटकपटक बलात्कार गरी गर्भसमेत रहन गएकोले आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पताल, बैतडीमा गरिएको प्रहरीले जनायो ।


नरी बडु