बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–७ का ३२ वर्षीय किरण राईलाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १० गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर बुद्धिराम चौलागाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १० गते गरिएको छ ।


भरत खड्का