बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज ७ गते

२० वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका ४५ वर्षीय ससुरालाई असोज ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा पीडितले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीप लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज ६ गते गरिएको छ ।


गणेश विष्ट