बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ का २० वर्षीय मनोज गुरुङलाई असोज २ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ २९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरूद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २ गते गरिएको छ ।


देवराज गुरुङ