बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ का ३२ वर्षीय रविन जिसीलाई असार ५ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १६ गते जलजला गाउँपालिका–७ धाइरिङ्गमा बलात्कार गरेको आरोप पीडितले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

पीडितले इन्सेक प्रतिनिधिसँगको भएको फोन सम्पर्कमा आरोपितले आफूलाई बलात्कार गरेर सामाजिक रुपमा असह्य हुने गरी हिंसात्मक तवरबाट प्रचारबाजी गरेकाले उजुरी दिएकोे बताउनुभयो ।

असार ७ गते दिउँसो आरोपित जिसीलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालतमा म्याद थप्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पताल पर्वतमा गरिएको हो ।


सन्तोष थापा