बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ १४ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का १८ वर्षीय कमल रानालाई जेठ १३ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई रारा होटल तथा फेम्ली रेष्टुरेण्टका सञ्चालकको सहयोगमा आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाले जेठ १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि प्रहरीले सोही दिनमै आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण १३ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

त्यसैगरी २१ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का २७ वर्षीय क्षेत्रपति पाण्डेलाई जेठ १२ गते बुटवलबाटै गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १२ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.