बलात्कार घटनाका आरोपित गिरफ्तार
एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ १८ गते साँझ आरोपित बालकले बलात्कार गरेको कुरा उपचारको क्रममा बालिकाले बताएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।
बलात्कारका कारण गम्भीर घाइते भएकी पीडित बालिकाको उपचार तनहुँ जिल्लाको आवुँखैरेनीस्थित छिम्केश्वरी मेडिकलमा लगिएको थियो । उक्त मेडिकलमा उपचार गर्ने क्रममा बालिका बलात्कारका कारण घाइते भएको प्रहरीले थाहा पाएपछि पीडित बालिकालाई जिल्ला अस्पताल गोरखामा स्वास्थ्य परीक्षण र उपचारका लागि ल्याइएको थियो ।
जिल्ला अस्पतालमा सामन्य उपचारपछि थप उपचारका लागि भदौ १९ गते काठमाडौँ रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १९ गते जिल्ला अस्पताल गोरखामा गरिएको प्रहरीले जनाएको छ ।
पीडितको पक्षबाट भदौ २० गते दिउँसो यो समाचार तयार पार्दासम्म प्रहरीमा उजुरी प्राप्त नभएको पनि प्रहरीले जनाएको छ ।
'घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको छ ।'-डिएसपी थापाले भने-'बालकलाई भदौ १९ गते मुलुकी ऐन जबरजस्ती करणी तथा हाडनाता करणीको महल अनुसार मुद्दा दर्ता गरी बालबालिका सम्वन्धी ऐन-२०४८ अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ ।'
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…