बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हुप्सेकोट गाउँपालिका–१ का १७ वर्षीय बालकलाई ०७६ फागुन २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७६ असोज २३ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २०७६ फागुन २७ गते उजुरी दिएका छन् ।

पीडित पक्षको उजुरी पश्चात आरोपितलाई गिरफ्तार गरि घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी दिपक रेग्मीले बताउनुभयो ।

पीडित बालिका गर्भवती भएको थाहा भएपछि घटना सार्वजनिक भएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य उपचार चितवन जिल्ला अस्पताल भरतपुरमा ०७६ फागुन २७ गते गरिएको छ ।


तिर्थराज डुम्रे