बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया  महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले  बर्दघाट नपा– १६ धरमबस्ती का २९ वर्षीय सुशील राईलाई फागुन २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी  बिरेन्द्र थापाले बताउनु भयो । डिएसपी थापाले घटनको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण  फागुन २० गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा  गरिएको प्रहरीले जनायो ।

 


नारायण पराजुली