बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-१६ का २० वर्षीय अरूण पासीलाई वैशाख १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ९ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली