बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका १९ वर्षीय उमेश जोगीलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको र आफू गर्भवती भएको आरोपमा पीडितले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भगिश्वर लिम्बू