बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  प्रतापपुर गाउँपालिका–९ का १९ वर्षीय अजय राजभरलाई फागुन ६ गते बेलाटारीबाट गिरफ्तार  गरेको छ ।

पीडितलाई फागुन ४ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ५ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दिएको सई प्रकाश श्रेष्ठले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ५ गते पृथ्वीचन्द्र अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली