बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ५ गते नै बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते जिल्ला अस्पताल गोरखामा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती