बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका-३ का ४५ वर्षीय खेमबहादुर परियारलाई वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ३१ गते बलत्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको थियो ।
पीडित पक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा मौखिक उजुरी दिएको र म्याग्दी जिल्लाले वारदात भएको क्षेत्र पर्वत भएकोले जिल्ला प्रहरी कार्यालय पर्वत पठाएकोले सोही सूचनाका आधारमा आरोपी खेमबहादुर परियारलाई गिरफ्तार गरी आवश्यक अनुसन्धन भइरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्सपेक्टर लिलाराज लामिछानेका अनुसार पीडित पक्षको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ३१ गते नै जिल्ला प्रहरी कार्यालयम्याग्दी मार्फ् गरिएको छ । पीडित पक्षले म्याग्दी प्रहरीमा उजुरी दिएकाले पीडित बालिकाको स्वास्थ्य परीक्षण म्याग्दीमा गरिएपनि घटनास्थल पर्वत भएकाले मुद्दा भने पर्वतबाटै चलाइने प्रहरीले जनाएको छ ।
किशोर सापकोटा
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…