बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ चुहानडाँडाका ६५ वर्षीय कुलबहादुर सुनवार बिकलाई चैत २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।

पीडित बालिकालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत २५ गते चुहानडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २६ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


भगिश्वर लिम्बू