बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३७ वर्षीय हरि गौतमलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका विद्यालय जाने क्रममा पुस ७ गते आरोपितले बलात्कार गरेर भागेको भन्दै पीडित पक्षले पुस ८ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ८ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुर गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन