बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका–१ बुङका २३ वर्षीय सन्तोष राईलाई ०७६ पुस ५ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले ०७५ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
फरार भएका आरोपित घर आएको भनी स्थानीयले सूचना दिएपछि सोही आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा ०७५ फागुन ११ गते गरिएको थियो ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
सडकमा बस्दै आएकी बेसाहरा महिलालाई इन्सेकको पहलमा आश्रममा पठाइयो
बाणगङ्गा नगरपालिका–४ स्थित जीतपुर चौकमा बेसाहरा अवस्थामा सडकमा बस्दै आएकी अन्दाजी ३० वर्षीया एक महिलालाई इन्सेकको पहलमा असोज ७ गते मानव सेवा आश्रम, रुपन्देहीमा राखिएको छ । जितपुर चोकको दक्षिणतर्फको…
नेपालकै पहिलो बालमैत्री नगरका ३३ जना बालबालिकामा कुपोषणको समस्या
बालमैत्री नगर घोषणाका लागि ०६६ देखि योजना तय गरी ०७३ वैशाख ३१ गते नेपालकै पहिलो बालमैत्री नगरका रूपमा घोषणा गरिएको विराटनगरमा ३३ जना बालबालिकामा कुपोषणको समस्या पाइएको छ । विराटनगर…
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…