बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई मङ्सिर ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–१२ का २६ वर्षीय शिवकुमार कथरियालाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले मङ्सिर १२ गते आरोपितविरूद्ध प्रहरीमा उजुरी गरेपछि सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सई मोहनबहादुर सिंहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्सिर १२ गते गरिएको सिंहले बताउनु भयो ।


मैनामोती चौधरी