बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको  छ ।

पीडित बालिकालाई भदौ २ गते बलात्कार गरेको आरोपमा भदौ १२ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएको थियो । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर नविनकिशोर प्रधानले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खोटाङमा भदौ १३ गते गरिएको पनि प्रधानले जानकारी दिएका छन् ।


सुनिता मगर