बलात्कार घटनाका आरोपित आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षीय मेघराज श्रेष्ठलाई साउन २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको घटनामा षडानन्दा नगरपालिकाका मेयर विरवल राईसहित बसेर ६० हजार रुपियाँ पीडित बालिकालाई दिएर गाउँमै मिलाइएको बताइएको छ । सुरुमा बलात्कार गरेको नभइ बलात्कार प्रयासको घटना भनी गाउँमै मिलाइएको पीडित पक्षको भनाइ छ । तर, पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि खाँदबारी जिल्ला अस्पताल लगिएको थियो ।
पीडित बालिकाको परिवारमा कुरा मिलेर घटना लुकाइए पनि ठूली आमाले बालिकालाई खाँदबारी उपचारको लागि लगेकी थिइन् । 'मेयरसहित बसेर घटना मिलाएका थिए । तर, खाँदबारीको जिल्ला अस्पतालमा बालिकालाई लगेर परीक्षण गर्दा बलात्कार गरेको खुलेपछि प्रहरीमा उजुरी दिएको हौँ ।'-पीडित बालिकाकी ठूली आमाले भनिन् ।
किरण राई
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…