बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् ।

पीडित युवतीलाई आरोपितले गत असार २८ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिएका कारण डरले गर्दा उजुरी ढिला भएको पीडितकी आमाले बताइन् ।

उजुरी नदिई घरमै बसेको अवस्थामा पेट बढ्दै गएपछि भदौ २८ गते सुर्यपुरा क्लीनिकमा स्वास्थ्य परीक्षण गर्दा युवती गर्भवती भएको खुलेपछि पीडित पक्षले उजुरी दिएको हो । इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले उजुरी आएको र आरोपितको खोजी भइरहेको बताए ।


नारायण पराजुली