बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाका २० वर्षीय दाजुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २० गते उजुरी दर्ता गरिएको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक ०७४ चैत २७ गते बलात्कार गरेको पीडितपक्षको तर्फबाट दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।
बलात्कारका कारण रगत बगिरहने समस्या आएपछि गजुरी उपचारका लागि पुगेकी बालिका साउन १६ गते घर पुगेपछि दाजुले घरमा कुटपिट गर्दै चिरपट प्रहार गरी घाइते बनाएका थिए । घरमै बसेकी बालिका साउन १७ गते घरबाट भागेर इलाका प्रहरी कार्यालय पुगी प्रहरीमा आफूलाई परेको समस्या सुनाएकी थिइन् ।
प्रहरीले पीडितको उजुरीका आधारमा अभियुक्तलाई साउन १८ गते गिरफ्तार गरी हिरासतमा लिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १८ गते गरिएको छ ।
पीडितलाई सुरक्षा आवास गृहमा राखिएको छ भने आरोपितविरूद्ध हाडनाता र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए ।
सिताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…